You are viewing the translated version of निरीक्षण र जाँचबुझ गरी निर्देशन दिन सक्ने.
Section 62
निरीक्षण र जाँचबुझ गरी निर्देशन दिन सक्ने
(१) दफा ५५ बमोजिमको वार्षिक प्रतिवेदन र दफा ६१ बमोजिमको बाह्य मूल्याङ्कन प्रतिवेदनको आधारमा विश्वविधालयको काम कारबाही वा प्रगति सन्तोषजनक नदेखिएमा मन्त्रालयले देहाय बमोजिमको निरीक्षण तथा जाँचबुझ समिति गठन गरी विश्वविद्यालयको काम कारबाहीको निरीक्षण र जाँचबुझ गर्न, गराउन सक्नेछः-
(क) विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष वा निजले तोकेको सदस्य -अध्यक्ष (ख) आयुर्वेद, योग, ध्यान र वैकल्पिक चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएका व्यक्तिहरू मध्येबाट एकजना -सदस्य
(ग) शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएका व्यक्तिहरू मध्येबाट एकजना -सदस्य
(२) उपदफा (१) बमोजिमको समितिले निरीक्षण र जाँचबुझ गर्दा विश्वविधालयको काम कारबाही सन्तोषजनक नदेखिएको भनी सुझाव सहितको प्रतिवेदन पेश गरेमा मन्त्रालयले प्रतिवेदनमा उल्लिखित सुझाव कार्यान्वयन गर्न विश्वविधालयलाई आवश्यक निर्देशन दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिमको निर्देशन कार्यान्वयन गर्नु विश्वविधालयको कर्तव्य हुनेछ।